Rashtriya Dainik

काठमाडौं महानगरपालिकाद्वारा सुस्ता गाउँपालिकालाई एम्बुलेन्स

नवलपरासी ,७ पुष

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयलाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

सुस्ता गाउँपालिकाको कार्यालयका अध्यक्ष टेक नारायण उपाध्यायको विशेष पहलमा काठमाडौं महानगरपालिकाको कार्यालयले एक थान एम्बुलेन्स सुस्ता गाउँपालिकालाई उपलब्ध गराउनको लागि महानगरपालिकाले सुस्ता गाउँपालिकाको कार्यालयलाई पत्राचार गरेको हो ।


सुस्ता गाउँपालिकाको कार्यालयले मिति २०८० असोज ४ गते काठमाडौं महानगरपालिकाको कार्यालयलाई एम्बुलेन्स उपलब्ध गराइदिनको लागि पत्र अनुसार माग गरे बमोजिम काठमाडौं महानगरपालिकाको कार्यालयका नगर प्रमुख बालेन्द्र शाह(बालेन)का मिति २०८० कार्तिक १५ गतेका निर्णय अनुसार महानगरपालिकाले सुस्ताबासीलाई उपहार सहित एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।

काठमाडौं महानगरपालिकाको पत्राचार अनुसार सुस्ता गाउँपालिकाको कार्यालयलाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमको अनुसार प्रक्रिया अवलम्बन गरि स्वास्थ्य तथा जन्सख्या मन्त्रालयबाट राजस्व छुटको व्यवस्था मिलाई आवश्यक कागजात सहित महानगरपालिकाको स्वास्थ्य बिभागमा सम्पर्कमा आउनको लागि महानगरपालिकाले सुस्ता गाउँपालिकाको कार्यालयलाई पत्राचार गरेको छ ।

सुस्ता गाउँपालिकाको कार्यालयलाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराउने भनेर पत्राचार गरेपछि यता सुस्तामा ब्यक्तिगत लाभ लिनको लागि अर्थात ब्यक्तिगत श्रेय लिनको लागि विभिन्न समाजिक संजालमा भ्रामिक प्रचार गर्दै गरेको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय निजि सचिवालयले आरोप लगाएको छ ।

निजि सचिवालयका अनुसार पालिका अध्यक्ष टेक नारायण उपाध्यायले आफ्नो बिशेश पहलको कारणले र पालिका अध्यक्ष टेक नारायण उपाध्यायको र काठमाडौं महानगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसंग निरन्तर फोन सम्पर्क गरि र आफ्नो पटकपटक प्रयास पहलको कारणले पालिकालाई महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराउनको लागि पत्राचार गरेको सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायाण उपाध्यायले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित