Rashtriya Dainik

छिपहरमाई गा.पामा नेकपा एमालेको बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौंको संख्यामा गरे पार्टी प्रबेश

राजन कुमार बानिया / पर्सा, ७ पुस

विभिन्न पार्टी परित्याग गरी पर्साको छिपहरमाई गाउँपालिकामा सयौ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरी आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेलाई आउँदो स्थानीय तह , प्रदेश र संघियमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गर्दै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले छिपहरमाई गाउँ कमिटिले छिपहरमाई गाउँपालिकाको वडा नं ३ जयमंगलापुरमा आयोजित गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला ईन्चार्य साँसद प्रभु हजराले नेपाली काँग्रेस र जसपा पार्टी प्रत्याग गरि आउँनेलाई अबिर ,फुलमाला र खादा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन् ।

जसपा नेपाल बाट पार्टी प्रत्याग गरि पार्टी प्रबेश गरेका छिपहरमाई गाउँपालिका वडा नं २ का धुरेन्द्र साह,पुर्व शिक्षक भरत साह कानु,लगाएत ५१ जना, नेपाली काँग्रेस बाट वडा नं५ का सुदिप महतो केवटको अगुवाईमा ५१ जना। वडा नं ४ तुल्सीवर्वाका सगिर मियाँ,अनि साहको अगुवाईमा ५१ जना। वडा नं १ मिर्जापुर बाट कपिलदेव यादव,नरेश यादवको अगुवाईमा ५५ जना । वडा नं ३ बाट ४५ जना गरि बिभिन पार्टी प्रत्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन।

पार्टी प्रबेश गराउदै पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हजराले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । यो सरकारले भ्रष्टाचार बाहेक कुनै काम राम्रो गरेको छैन। देश मा मन्दी र बेरोजगारी बाहेक कुनै राम्रो गरेको छैन।अब देश र जनता हरु लाई बचाउने पार्टी नेकपा एमाले बाहेक कुनै शक्तिमा नदेखिएको बताए ।

नेकपा एमालेको मिशन २०८४ रहेकोले सबै गाउँ ठाउँबाट अगाडि बढेर मिशन पूरा गर्न अनुरोध समेत गरे। उनले यस छिपहरमाई जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।

नेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटि उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा आयोजीत कार्यक्रममा जिल्ला ईन्चार्य बिश्वमभर शार्मा , संविधान सभा सदस्य जयप्रकाश थारु ,केन्द्रीय सदस्य जालिम मियाँ , नेकपा एमाले जिल्ला सचिव एवम छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायत नेताले नवप्रबेशी हरुलाई अबिर फुलमाला र खादा अोढाएर पार्टी प्रबेश गराउदै स्वागत तथा शुभकामना समेत दिएका छन। सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित