Rashtriya Dainik

विमानस्थलबाट चार हजार कछुवा बरामद

पेरू । विमानस्थलबाट करिब चार हजार कछुवा बरामद गरिएको छ । राष्ट्रिय वन्यजन्तु सेवाका अनुसार पेरुको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका कछुवा बरामद गरिएको हो ।

राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ।

विज्ञप्तिका अनुसार बरामत गरिएका कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए।

पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि (साईटिस)मा सूचीबद्ध छन्।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ। ​इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रतिवर्ष २० अर्ब डलरसम्मको हुन्छ।

परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ। साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित