Rashtriya Dainik

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी, सहकारीको रजिष्ट्रार हुँदा १ करोड बढी घुस लिएको आरोप

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थपका लागि घुस लिएको देखिएसँगै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनीविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको पनि अधिकारीले जनाएका छन् ।

कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत पराजुलीले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलासा भएको प्रहरीको भनाइ छ ।

सहकारीका सञ्चालकहरूले दिएको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बताएसँगै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित