Rashtriya Dainik

सरावल गाउँपालिकाकाे मनरीमा थारु पार्क बन्दै

उमेश बि.क / नवलपरासी ,६ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा थारु सांस्कृतिक पार्क निर्माणको थालनी गरिएको छ ।

थारु समुदायको कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मनरीमा उक्त पार्क निर्माण थालिएकोे हो ।

निर्माणको चरणमै रहेको थारु सांस्कृतिक पार्कमा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री,थारु घर ,पिकनिक स्पट सहित पार्क निर्माण कार्य धमाधम चलिरहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।

थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नाका साथै थारु समुदायको पहिचान झल्किने परम्परागत विविध सामग्रीको खोजी, सङ्कलन र संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउने उद्देश्यले सांस्कृतिक पार्क निर्माण भइरहेको पालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यस गाउँपालिकालाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा पर्यटनको विकासमा सहयोग पु¥याउने मुख्य लक्ष्य रहेको उहाँको भनाइ थियो ।

थारुहरुकाे नयाँ वर्ष माघि (खिचडी ) लाई लच्छितगरी साे पार्ककाे निर्माण कार्य धमाधम हुदैछ । श्रीराम युवा प्रतिष्ठान मनरीकाे आयाेजनमा हुने १८ औं माघि (खिचडी ) महाेत्सव माघ १ गते मनरीमा लाग्ने भएकोले यश पार्ककाे झनै राैनकता बढाउने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्राकृतिक सौन्दर्यताले पनि भरिएको उक्त क्षेत्रमा आकर्षक वगैचा सहित मनाेरम वातावरण रहेको हुदा टुरिजम पार्कको रुपमा विस्तार गर्ने योजना अनुरूप काम अगाडि बढाइएको बताउनुभयो ।

यश गाउँपालिकामा मधेशी समुदायको समेत बाहुल्यता भएकोले मधेसी संस्कृतिकलाई प्रतिनिधित्व हुने गरी सरावल ४ मा मधेश साँस्कृतिक पार्क निर्माणकाे काम छिट्टै सुचारु गरिने अध्यक्ष चौधरीले बताउनुभयो।

सडक पुर्वाधार मात्रै विकास होईन्,अध्यक्ष चौधरीले भन्नुभयो ,साँस्कृति सम्पदाको संरक्षण,प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपुर्ण रहेको छ । आउने पुस्तालाई पनि यि कुरा आवश्यक पर्छ,वहाँले थप्नुभयाे,सरावल गाउपालिका आफैमा साँस्कृतिक सम्पदाले परिपुर्ण रहेको गाउपालिका हो । प्राकृतिक रुपमा पनि चुरे पर्वत देखी भारतिय सिमा दशगजासम्मको भुगोलले पनि गाउँपालिकालाई जोडेको छ । भगवात गौतम बुद्धसँग पनि प्राचिन ककरपत्त नगर,सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर गरि प्राचिन नगर भएको गाउपालिका पनि हो ।
जिल्लामै स्नातक तहसम्म अध्ययन हुने इस्लामिक शिक्षाको अध्ययन गर्ने थलो मधवलिया मदरसा,खुल्ला विश्वविद्यालयको परिक्षा केन्द्र खोलिएको भुजहवाले पनि थारु मधेशी र मुस्लिमको बाहुल्यता रहेको सरावल गाउपालिकाले प्रत्येक समुदायको संँस्कृति झल्किने गरि पार्कहरुको स्थापना गर्ने र त्यसै मार्फत पनि यहाँका संस्कृतिहरुको पनि सुचिकृत गरि संरक्षण गर्ने योजना समेत वहाँले सुनाउनुभयो ।


गाउपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने छ,वहाँले भन्नुभयो ,आउने दिनमा यस गाँउ पालिकालाई नै सरावल सांस्कृतिक गाउपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पुर्वाधर विकासमा गाउँपालिका अहिले देखी नै लागेको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित