Rashtriya Dainik

राणीसती खाद्य उद्योगको प्रदूषणले परासीका जनता हैरान : बन्द गराउन दिएको उजुरीको भएन सुनवाई

रंजीत शर्मा/ नवलपरासी,६ पुष

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ परासीमा अवस्थित “राणीसती खाद्य उद्योग” को धूलो प्रदुषणले स्थानीय नागरिकको स्वास्थ्यको समस्याले हैरान भएका छन्।

विगत केही दशक देखि रामग्राम न.पा. वडा नं. ५ घण्टा घर देखि बाईपास चोकको विचमा अवस्थित रहेको “राणीसती खाद्य उद्योग तत्कालीन सञ्चालन समयमा त्यस क्षेत्रमा बस्ती नभएकोले स्थापना भए ता पनि हाल उक्त क्षेत्रमा घना बस्ती भएकोले बन्द गर्न जिल्ला प्रशाशन कार्यालय पश्चिम नवलपरासीमा उजुरी दिएका थिए।

तर हाल ३ महिना वितिसक्दा पनि जिल्ला प्रशाशन कार्यालय पश्चिम नवलपरासी र रामग्राम नगरपालिकामा दिइएको उजुरीको सुनवाई हाल सम्म नभएको स्थानियले गुनासाे गरेका छन्।

एक स्थानिय शम्भु गुप्ताले भने ” हामी पटक पटक जिल्ला प्रशाशन कार्यालय पश्चिम नवलपरासी र रामग्राम नगरपालिकामा उजुरीको सुनवाई किन भएन भनी प्रश्न गर्दा जवाब न भएको बताए। उनले भने यसरी सम्बधित निकाय आम जनताको स्वास्थ्य संग खेलवाड गरेकोले हुनाले तत्काल समस्या समाधान न भए आगामि समयमा कडा रूपले उत्रिने चेतावनी दिएका छन्।

उक्त उद्योगले च्यूरा लगायतको खाद्यान्न वस्तु उत्पादन गर्दै आईरहेको छ। हाल त्यस क्षेत्रमा अस्पताल, वस्ति विकास भईसकेकोले उक्त उद्योग वस्तीको मध्यम भागमा पर्न गएकोले त्यस उद्योगको प्रदुषणका कारण यस क्षेत्रका बासीन्दाहरुको स्वास्थ्यमा गाम्भिर असर परेको देखिएको छ।

उद्योग बाट निस्कीने धुवां धुलो तथा प्रदुषित पानी कारण वातावरणमा समेत व्यापक असर पर्न गएकोले यसको व्यवस्थापनका लागि जिल्ला प्रशाशन कार्यालय पश्चिम नवलपरासी,रामग्राम नगरपालिका,वन तथा वातावरण कार्यालय परासी,घरेलु तथा साना उद्योगको कार्यालय परासीलाई बोधार्थ गर्दै टोलबासीले उजुरी दर्ता गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित