नवलपरासी ,६ पुस
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको अवैध आयात बढेको छ । भारतीय सीमा नाकाबाट अवैध रुपमा धमाधम प्याज भित्रिन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।
शुक्रबार मात्र पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हिनन्दनबाट प्रहरीले ठूलो मात्रामा प्याज बरामद गरेको छ । प्रहरीका अनुसार जिल्लाको प्रतापपुर गाउँपालिका-५ धर्मौली र रेगैंयाबाट ९२ बोरा करीब (४६ क्विन्टल) र पाल्हिनन्दन गाउँपालिका-५ भगतपुराबाट सिमा नाकाबाट ओसारपसार गरेर भण्डारण गरिएको १८ बोरा करिब ( ९ क्विन्टल) प्याज बरामद भएको हो ।
भारतीय नम्बर प्लेटको अनटेस्ट ट्याक्टरमा नेपालतर्फ भन्सार छली गरेर ल्याउँदै गर्दा प्रहरीले प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले स्पेस समाचारलाई जानकारी दिए।
प्याज र ट्याक्टर नियन्त्रणमा लिएपनि चालक फरार भएको प्रहरीले जनाएको छ । बरामद गरेको प्याजको बजार मुल्य ४ लाख र ट्याक्टरको ८ लाख गरेर १२ लाख रुपैंया बराबरको सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको विभिन्न नाकाबाट दैनिक रूपमा लत्ता कपडा, चीनी, प्याज, आलु, किराना सामान, कस्टमेटिक सामान लगायतको सामानहरू भारतबाट ओसारपोसार भई रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

