झारफुकको नाममा झाँक्रिले लिए एकजनाको ज्यान

पौष / २९ गुल्मी |

गुल्मीमा झारफुकको नाममा झाँक्रिले पनिउले हानेर एकजनाको ज्यान गएको छ ।झारफुक गर्ने क्रममा रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पनिउले हानेर जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले दिएजानकारी । राम बहादुर ढाड दुखेकोले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा तम्घास धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए ।

बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो ।

मृतक रामबहादुरको सबैजसो भागमा डामहरु रहेका छन् । आफुलाई धामि भन्ने श्रेष्टले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पौष २४ गते आफ्नै घरमा बोलाई र मृतकका छोरा ३४ बर्षिया हुम बहादुरलाई तातो पनिउले हानि घाइते बनाएका छन् । अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न ३८ बर्षिया रामप्रसाद र उनकी श्रीमती ३६ बर्षिय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्टले बताए ।अनलाइ बाट साभार

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot