वीरगन्ज ,५ पुस
सशस्त्र प्रहरी बल बाराले अवैधरुपले भित्राएको लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाले भारतबाट भन्सार छलि गरि भित्राएको लत्ताकपडाहरु नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल बिओपी बरैनियाको प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको मुशहार्वा नाकाबाट अवैधरुपले ल्याएको लत्ताकपडा पक्राउ गरेको सशस्त्र प्रहरी बल बाराका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाङ्गीले जानकारी दिए।
पक्राउ परेको लत्ताकपडा करिब १ लाख २३ हजार रुपैया बराबरको लत्ताकपडा पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १२ नम्बर गणका एसपी डाङ्गीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

