Rashtriya Dainik

सशस्त्र प्रहरी बल अलौद्वारा ७ क्विन्टल प्याज सहित ट्रक पक्राउ

वीरगन्ज ,५ पुस

सशस्त्र प्रहरी बल पर्साले अवैधरुपले भित्राएको प्याज बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले भन्सार छलि गरि ल्याएको प्याज सहित ट्रक पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापाको कमाण्डमा खटिएको चेकप्वाईन्टको टोलीले से१क ८४० नम्बरको सानो ट्रकलाई रोकी चेकजाँच गर्दा १४८ बोरा करिब ७ क्विन्टल प्याज सहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता संगम श्रेष्ठले जानकारी दिए।

पक्राउ परेको प्याज सहित ट्रकलाई पक्राउ गरि वीरगंज भन्सार कार्यालमा बुझाएको सशस्त्र प्रहरीका प्रबक्ता श्रेष्ठले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित