Rashtriya Dainik

नेपाल राष्ट्रिय आधारभूत विधालयकाे नवनिर्मित भवन उदघाटन

पर्सा, ४ पुस

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा आज एक कार्यक्रमको बिच २ तले ८ कोठे नव निर्मित भवनको सम उद्धघाटन सम्पन भयको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अंतर्गत बाट ४ कोठे र पोखरिया नगरपालिका वडा नम्बर ४ को अनुदानबाट ४ कोठे गरी ८ कोठे भवनको पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले माता सरस्वतीको पूजा गरी रिबन काटी उद्धघाटन गरेको सोही विधालयका प्रधानाध्यापक रामबाबू प्रसाद चौहानले बताए ।

पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भयको भवन उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन
प्रसाद चौहान रहनु भएको थियो ।

त्यस्तै विशिष्ठ अतिथि नगर उपप्रमुख रूबी कुमारी ठाकुर, वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाई , पोखरिया नगरपालिका शिक्षा शाखा प्रमुख बाल्मिकी रौनियार, शिक्षा सहायक बिनोद प्रसाद चौहान ,आर्थिक शाखा प्रमुख विजय कुमार झा , संकर प्रसाद रौनियार, लालबाबू प्रसाद चौहान , बिजली साह कानु ,गनी अंसारी,कौशल साह गोड़, बृजेश दुबेदी विधालयमा अध्यनरत छात्र छात्रहरु अभिभावक , सञ्चार कर्मी लगाएतकाहरुको उपस्थिति रहेको थियो ।

पोखरियाको मेयर चौहानद्वारा नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियाको नव निर्मित ८ कोठे भवनको उद्धघाटन सम्पन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित