Rashtriya Dainik

बर्दघाट १२ मा अवस्थित बुद्धमङ्गल तालको प्रचार प्रसार गित सङ्गीत मार्फत

राष्ट्रिय दैनिक / नवलपरासी ,४ पुष

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा अवस्थित बुद्धमङ्गल तालको पर्यटकीय प्रवर्द्धनका लागि निर्माण गरिएको गीत सार्वजनिक गरिएको छ ।

बुद्ध मंगल तालकाे बिकास,प्रवर्द्धन र प्रचार प्रसारमा जुटेको हो ।भगवान गौतम बुद्धले परापुर्वकालमा यस तालमा आई पानी खाएको र बसोबास गरेको ईतिहास रहेकाले सङ्गितका माध्यमबाट प्रचार प्रसार गर्ने हेतुले लोक गित निर्माण गरिएको नगरप्रुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

बौद्धकालिन एतिहासिक सम्पदालाई बौद्ध सर्किटसंग जोड्ने गरि सरोकारवाला र सम्बन्धित निकायसंग छलफल र प्रयास भैरहेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

“नगरभित्र रहेका बनदेवी मन्दिर,सिमसार,सन्सारकोट जस्ता धार्मिक पर्यटकिय स्थलको बिकासका लागि नगरले संघ र प्रदेस सरकार सग बजेट माग गरिएको छ”श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकास उपाध्यायले सेवामुलक क्षेत्रमा स्वास्थ्य र शिक्षा त्यसैगरी कृषी र पर्यटनलाई समेत प्राथमिकतामा राखेर सोही अनुरुपका योजना तयार गरिएको उल्लेख गर्नु भयो ।बौद्धकालिन ईतिहास र किम्बदन्तीका हिसाबले पनि यो क्षेत्र पर्यटकिय स्थलको गन्तव्यको रुपमा रहन सक्ने बताउदै यसको बिकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमा शंकर चौधरी,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपती घनश्याम परिश्रमी लगायतले बोल्दै बुद्धमङ्गल तालको पुरातात्त्विक महत्व झल्किने र आम नागरिकलाई यसका बारेमा जागरुक र जानकारी गराईनु पर्नेमा जोड दिनुभयो ।

बर्दघाट नगरपालिकाले ताल सरसफाईका लागि अघिल्लो आर्थिक बर्षमा रु २५ लाख बिनियोजन गरेको थियो भने चालु आर्थिक बर्षमा तालको सुरक्षाका निम्ति कम्पान्ड वालका लागि रु ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।भने तालमा आउने पर्यटकका लागि बोटिङको ब्यवस्थापन समेत गरेको छ । बुद्धमङगल ताल सम्बन्धि निर्माण गरिएको उक्त गितमा गायिका राधिका हमाल र बिन खातिको स्वर रहेको छ भने शब्द संकलन समेत बिन खातिकै रहेको छ ।आज बेलुका नै गित सामाजिक संजाल र युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित