नवलपरासी ,४ पुस
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ पोखरापाली देखि वडा नम्बर १५ घिनाहा चोक सम्म दुई लेनमा सडक विस्ताको काम सुरु भएको छ ।
पर्यटकिय मार्गको रुपमा विकास गर्ने गरि वुद्धकालिन पुरातात्विक तथा एतिहासिक स्थल पण्डितपुर सम्म जोड्ने गरी रामग्राम ६ पोखरापाली देखि पण्डितपुर सम्म ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको काम सुरु भएको हो ।
सडक विस्तार कार्यको शिलन्यास गर्दे रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले ठुलो लगानीमा सुरु भएको पण्डितपुर देखि परासी सम्मको सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

पण्डितपुर वुद्धको मावली भएको बताउदै उहाँले पुरातात्विक स्थल पण्डितपुरको विकास र प्रर्वद्धनका लागी सडक उपयोगि हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुर सम्म पुर्याउन सकिने धारणा व्यक्त गर्नुभयो । यादवले सो क्षेत्रमा धेरै किसानहरु बसोबास गर्ने गरेको बताउदै कृषि उपजको विक्रि वितरणका लागी पनि सडक सहयोगि बन्ने बताउदै सडककै क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । विश्वबैंकको ऋण सहयोग र संघिय सरकारको अनुदानमा विस्तार हुन लागेको ५.७८ किलोमिटर लामो उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी आशिस आर्शिवाद जेभि संग गत असोज मसान्तमा सम्झौता भएको थियो ।
नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजना अन्र्तगत निर्माण हुन लागेको उक्त सडक नाला, फुटपाथ सहित साढे १२ मिटर चौडाईको हुने छ । हाल जिर्ण रहेको उक्त सडक निर्माण पछि सदरमुकाम परासी संग सुविधा सम्पन्न सडकको सिधा सम्र्पक स्थापित हुनुका साथै पुरातात्विक स्थलको प्रर्वद्धनमा पनि सहयोगि हुने अपेक्षा गरिएको छ । पण्डितपुरलाई वुद्धको मावलीको रुपमा दाबि गरिदै आएको छ । सो स्थानमा केहि हप्ता अगाडी पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा वुद्धकालिन शहरको ठुलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुर सम्म पुग्न अझै झन्डै तिन किलोमिटर सडक विस्तार गर्नुपर्छ, बाँकि सडक पनि अर्को चरणमा निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

सडक विस्तार शिलन्यास कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, स्थानिय शोभादेवि थारु लगाएलते बहुयोगी उक्त सडक निर्माण कार्यलाई पुरा गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

