Rashtriya Dainik

वीरगन्जमा प्रतिबन्धित ७६ कार्टुन कुखुराको चल्ला नष्ट

वीरगन्ज, ३ पुष

सशस्त्र प्रहरीले अवैध रुपले भित्राएको प्रतिबन्धित
बोइलर कुखुराको चल्ला पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले प्रतिबन्धित कुखुराको चल्ला वीरगन्जको टेढाबाट ७६ कार्टुन चल्ला नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोली वीरगन्जको टेढा स्थित रामबन सडक खण्डबाट भारतबाट नेपाल ल्याए कुखुराको फर्ममा लुकाई छिपाई राखिएको प्रतिबन्धित कुखुराको ७ हजार ६ सय गोटा चल्ला नेपाल प्रहरी , पशु क्वारेन्टाइन , संञ्चारकर्मी एवम स्थानीयको रोहबरमा खनेर नष्ट गरेको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित