मनवा बचत तथा ऋण सहकारी संस्था लि. ११औं वार्षिक सधारण सभा सम्पन्न

वीरगंज २९ पुष।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजारमा रहेको मनवा बचत तथा ऋण सहकारी संस्था लि. ११औं वार्षिक सधारण सभा सम्पन्न गरेको छ। पर्सागढी नगरपालिकाको नगर प्रमुख लोकनारायण यादवले वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए। सहकारी भनेको हरेक क्षेत्रमा आवश्यक हुन्छ यसले सिप ,कृषि क्षेत्रमा पनि काम गरेर बेरोजगारीको समस्या समाधान गर्न सक्छ बचतले आर्थिक सुधार गर्नुको साथ साथै यसले उच्च शिक्षा हासिल गर्नमा पनि सहयोग हुने मन्तब्य ब्यक्त गरेका थिए । संस्थाको अध्यक्ष गिरी राज कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अमृत कुमार ओझाले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष रामजन्म प्रसाद चौधरीले वार्षिक आय व्यय प्रस्तुत गरेका थिए।
उद्घाटन समारोहमा संस्थाले आषाढ मसान्त सम्म शेयर पुँजी २६ लाख ६८ हजार ९ सय, जगेडा कोषमा ७ लाख ७ हजार ४ सय ४९ रुपैयाँ, बचत तथा निक्षेप ४२ लाख ८४ हजार ४ सय ८६ रूपैयाँ,बाहय त्र्टिणा तथा सापटिमा ४६ लाख ३३ हजार ९ सय २ रूपैयाँ, शेयर संख्यामा २ सय जना,बचत कर्तामा २ सय जना, ऋणी लगानीमा एक सय चौतीस जना रहेका छन्।
बार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्तामा फुलकुमार सहनी र असल ऋणी मनोज राउत थारू लाई नगर प्रमुख लोकनारायण यादब र नेपाल बचत तथा प्रचार केन्द्रीय सहकारी संघ लिमिटेडका ब्रिजेश गुप्ताले दोसल्ला ओढाएर सम्मान गरेको थियो। सो साधारण सभामा बिशिष्ट अतिथि केन्द्रीय संचालक समिति सदस्य हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, पर्सागढी नगरपालिका तुलाराम महतो, वडाअध्यक्ष बेदमन दास थारु, वडाध्यक्ष राम नारायण प्रसाद गौरौ,नेपाल बचत तथा प्रचार केन्द्रीय सहकारी संघ लिमिटेडका जिल्ला शाखा प्रबन्धक ब्रिजेश गुप्ता लगायतका उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य फलेष्टर राय र सहजिकरण रामजनम चौधरीले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot