वीरगन्ज ,३ पुस
पर्सा प्रहरीले बिल बिजकभन्दा बढि बोकेको प्याज पक्राउ गरेको छ।
प्रहरीले वीरगन्जबाट चितवनतर्फ जादै गरेको पिकपमा बिल बिजक भन्दा बढी बोकेको प्याजलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले सूचनाको आधारमा वीरगन्जको वडा नम्बर १४ गण्डक चौक स्थित सडकखण्डमा ना ४ च ८७१३ नम्बरको मालवाहक पिकपलाई रोकी चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढि प्याज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिए।
पक्राउ परेका पिकप भित्र रहेको प्याजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक शाहले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

