राजन कुमार बानिया /पर्सा, ३ पुस
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नाकको अगाडिबाट गयराती बिधालयमा लाखौको चोरी भएको छ।
यश भन्दा अगाडि पाच महिना पहिला सोही बिधालयबाट लाखौ मुल्य पर्ने कम्पयुटर चोरी भएको थियो। प्रहरीले चोरी भएको समानहरु खोजन नकने बितिकै फेरि सोही बिधालयमा चोरीको घटना दोहराएको हो।
चोरी भएको ठाउँ, पर्साको छिपहमाई गाउँपालिका वडा न.५ भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वामा गएराती लाखौ मूल्य बराबरको समानहरु चोरी भएको छ ।
रातिको समयमा बिधालयमा कोहि नभएको अवस्थामा चोरका समूह आएकाले बिधालयको ताला रडले तोडेर चोरी गरेका छन। बिधालयमा रहेको कम्पयुटर १४ वटा इन्भटर १ पिस पिरिनटर १ पिस वाइ फाइ सिशटम, सि सि केमरा लगाएत अन्य सामग्री चोरेर लगेका छन।
बिधालयका प्रअ दिनेश पटेलले जनाएका छन। कम्पयुटर लगायत समान र सिसिटिभि फुटाई त्यसको सम्पुर्ण तार र डाटा स्टोर पनि छतिग्रस्तव बनाएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जनाएका छन। घटना स्थलमा पुगेर पोखरियाका टिमले घटना बारे अनुसंधान गरिरहेको प्रहरीले जनाएका छन। स्थानीयलहरुको अनुसार छिपहरमाइ गाउँपालिकामा प्रहरीहरुको गस्ती फितलो भएकाकारण सो क्षेत्रमा चोरिको घाटना बढदै गइरहेको स्थानीयहरुको आरोप रहेको छ ।
भिस्वामा प्रहरी चौकी भिस्वा ,र बिअोपी भिस्वामा सशस्त्र प्रहरी रहेता पनि प्रहरीहरुको नाकको अगाडि बाट दुई चोटी बिधालय बाट कम्पयुटर चोरी भएको लाजमर्दो कुरा रहेको स्थानियहरुको अारोप रहेको छ। दुई महिना अगाडि १३ वटा कम्पयुटर र कुर्सी लगायतको समान चोरी भएको थियोे । प्रहरीहरुले दिनभरी तस्करहरु संग रकम असुलदै गरिरहेको र रात भरी सुतने गरिरहेको कारण चोरीको घटना बढदै गइरहेको स्थानीयहरुको गुनासो रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिस्वा नाकामा कमाउन खान अाउने गरेकोले त्याहा जनता हरुले शान्ति सुरक्षामा असुरक्षित महसुस गरेका छन। प्रहरीका प्रमुख निकाय मौन रहेको देखिएकोले प्रहरीमा गस्ती हुन नसकेको स्थानीयहरुले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

