Rashtriya Dainik

पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने

उमेश बि.क / नवलपरासी ,२ पुष

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पालिकाबासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ।

जनतालाई आवश्यक पर्दा रगतको अभाव नहुन दिन नेपाल रेडक्रस सोसाइटी नवलपरासी शाखासँग पाल्हीन्दन गाउँपालिकाले सम्झौता गरेको छ ।

बिरामी भएर रगत अभाव हुन नदिनको लागि निशुल्क रुपमा रगत उप्लब्ध गराउने उद्देश्यले रेडक्रससंग सम्झौता गरिएको पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले जानकारी दिनुभएको हाे।

‘पाल्हिनन्दन गाउँपालिका बासीले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । ‘आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ती मिलाएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभयाे।

रगत आवश्यक परेको अस्पतालले सिफारिस गर्न साथ निःशुल्क रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखा सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित