Rashtriya Dainik

घरबाटो सिफारिसका लागि ५ लाख घुस लिदै गरेको अवस्थामा सिमरा ३का वडाअध्यक्ष तारा कार्की पक्राउ

बिरगंज ,२ पुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट एक जना वडाध्यक्षलाई घुस रकमसहित पक्राउ गरेको छ ।

हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।
कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित