आरपि उपाध्याय / नवलपरासी ,१ पुष
नेकपा एमाले नवलपुरका सचिवालय सदस्य सुरज कुमार कोहारको मोटरसाइकल दुर्घटनामा परि निधन भएकोमा पार्टीले गहिरो शोक व्यक्त गरेको छ।
स्वर्गीय कोहारको मङ्सिर ३० गते बर्दघाटको जिमिरेभारबाट त्रिवेणी तर्फ आउदै गर्दा मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुँदा कोहारको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
स्वर्गीय कोहारको पार्थिव शरीरलाई त्रिवेणी स्थित नारायणी नदीको किनारमा आइतबार साझ अन्तिम संस्कार गरिएको थियो।
स्वर्गीय कोहारको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रिय पोलिट ब्युरो सदस्य बैधनाथ चौधरी, पार्टीका केन्द्रिय सदस्य द्वय तिलक महत र कृष्ण पौडेल, सान्सद सरिता खनाल,गण्डकी प्रदेश सान्सद लक्ष्मण बहादुर पाण्डे,विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी लगायतका नेताहरूले नेकपा एमालेको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली गर्नुभएको विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ।
सो अवसरमा नेकपा एमालेका नेताकार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, इतर पार्टीका नेताकार्यकर्ता,आफन्त परिवारजनका सदस्य र ठूलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

स्वर्गीय कोहार २०४९ सालमा नेकपा मसालमा आबद्ध रहनु भएको थियो भने २०५२ सालदेखि नेकपा एमालेमा प्रवेश गरि मरणोपरान्त सम्म पार्टीको इमान्दार र निष्ठावान कार्यकर्ताको रुपमा सेवा गर्नुभएको एमाले स्रोतले बताएको छ।
स्वर्गीय कोहारको जन्म २०३३ सालमा पक्लिहवा गाउँपालिका वडा न.४ हालको सुस्ता गाउँपालिका ५ मा जन्मिनु भएको थियो भने उहाँको १ श्रीमती,२ छोरा र ३ छोरी रहेको बताइएको छ।
स्वर्गीय कोहार विभिन्न संघसंस्थामा आबद्ध रहि सामाजिक सेवा गर्दै आउनु भएको पनि जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

