Rashtriya Dainik

सरिता बाले पाए गाईकाे बाँच्छिसहित उपहार

काभ्रे । समाजसेवी एवम् दया, माया करूणाकि खानी एवम् आपतविपतकी देवी माता मनकामना जेनि श्रेष्ठले ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल भाइरल ‘सरिता बा’ लाई दान शनिबार मंसिर ३० गते हस्तातरण गरेको छ ।

‘सरिता बा’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर दुहुना गाईलाई ऊँ माता मनकामना जेनि टष्ट नेपालकी अध्यक्षा माता मनकामना जेनि श्रेष्ठ लगायतले विशेष पूजाआजा गरेर गाई हस्तातरण गरिएको थियो ।

भाइरल सरिता बाको मुख्य आर्य आर्जनको स्रोत कृषि रहेको तथा मध्यम वर्गीय परिवारमा जन्मिएका बालाई आफुले दुखः हेर्न नसकेर गाई दान गारिएको माता मनकामना जेनि टष्टका नेपालका पुर्व अध्यक्ष राम कुमार खड्गीले जनाए ।

आजभन्दा करिब ६ महिना अगाडि दुध दुहुने गाई वितेकोमा अहिले दुधुदुहुने बाच्छि सहित गाई कोशेलीको रुपमा पाएकोमा दुखेको घाउमा महलहम लगाउने कार्य गरेकोमा एक दम खुशी लागेको जनाउँदै सधैं भगवान् जस्तो हेर्न पाउ, सधै भेटि रहन पाइरहोस् तथा माता मनकामनाले जे भन्छ त्याे पुरा हुनेमा विश्वास लागेकाे सरिता बाले जनाए ।

माता मनकामना जेनि श्रेष्ठले मैले गाई दिन्छु भनेको वाचा अनुरुप आज सरिता बाको गोठमा गाई आएको हाे । तसर्थ दुखी भएर नरोइकन गाईलाई राम्ररी बेलैमा खाना खुवाउने, हेरविचार, सु-स्याहार गरेर केही तपाईलाई पुग्ने दुध खानुहोस् पहिला त्यसपछि बचेको दुध बेच्न अनुरोध गरिन् । साे गाई दान कार्यक्रममा जुंगे बा र सरिता बाले मन्त्र मुग्ध पार्ने सरिता कति राम्रो मायाको बोली लगायतकाे गीत गाउनु भएकाे थियाे ।

करिब ९ बर्षदेखि मानवीय तथा समाज सेवा सर्मपित ऊँ माता मनकामना जेनि टष्टले आज भन्दा दुई बर्ष अगाडिदेखि ऊँ माता शक्तिशाली दियो अभियान तथा दिन दुखिकाे सहयाेगका लागि समेत सम्पूर्ण भक्तजनहरूलाई गक्ष अनुसार Laxmi sunrise bank 2041377268011009 सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित