आरपि उपाध्याय / नवलपरासी ,३० मंसिर
जन अधिकार असल शासन क्लब विनयी त्रिवेणी ६ नवलपुरको प्रथम साधारणसभा तथा अधिवेशन त्रिवेणी धाममा शनिबार सम्पन्न भएको छ।
असल शासन क्लब त्रिवेणीका अध्यक्ष सुर्य बहादुर कुमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडाध्यक्ष उमेश कार्कीले सामुहिक प्रयासबाटै सामाजिक विकास गर्न सकिने हुँदा सम्पुर्ण सरोकारवाला निकाय विकास कार्यमा एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो।

कार्यक्रममा गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले नागरिक अधिकारलाई सुनिश्चित गर्ने कार्यमा राज्य र अन्य सरोकारवाला निकाय एक भएर अगाडी बढ्नुपर्ने कुरामाथी जोड दिदै यस्तो कार्यमा जन अधिकार असल शासन क्लब अझ बढी कृयाशिल रहन पर्ने धारणा राख्नुभयो। कार्यकारी निर्देशक भुसालले प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्त गर्न संविधान सम्मत ढंगबाट अगाडी बढ्नुपर्ने जिकिर समेत गर्नुभएको थियो।
सो अवसरमा जोतिष शास्त्रका विज्ञ निलकण्ठ उपाध्याय,पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सद्स्य आर.पि.उपाध्याय, नेपाली काङ्ग्रेसका वीर बहादुर ठकुरी लगायतले असल शासन क्लबले विगतमा गरेको उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।
जन अधिकार असल शासन त्रिवेणीद्वारा आयोजित कार्यक्रममा त्रिवेणी स्थित संघ संस्थाका प्रमुख, राजनिती दलका अध्यक्ष लगायत व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक निम बहादुर कुमालले जानकारी दिनुभएको छ।

सम्पन्न अधिवेशनले पुनः सुर्य बहादुर कुमालकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ।
जसको उपाध्यक्षमा सुशीला थापा मगर, सचिवमा हरवेन्द्र कुमार कार्की, कोषाध्यक्षमा शान्ति क्षेत्री र सहसचिवमा मोहन घिमिरे सर्वसम्मत चयन हुनुभएको छ भने सदस्यमा पदमा श्रेष्ठ लगायत चयन हुनुभएको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

