उमेश बि.क / नवलपरासी , २९ मंसिर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा कार्यरत रहँदा उमेर हदका कारण अवकास प्राप्त प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईको विदाई गरिएको छ ।
उमेर हदका कारण प्रमुख प्रशासकीय अधिकृत भट्टराई अवकास पाएपछि गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हाे ।

सो कार्यक्रममै नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम जाेशिलाई स्वागत समेत गरिएको छ। नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम जाेशि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भै प्रतापपुर गाउँपालिका आउनुभएको हाे।
प्रतापपुर गाउँपालिकाको विकास र सेवा प्रवाहको क्षेत्रमा सक्रिय भएर कार्य गर्नुभएकोमा पालिका अध्यक्ष उमेशचन्द्र यादवले अधिकृत भट्टराईलाई स-सम्मान मायाको चिनो दिएर बिदाई गर्नुभएको हो। भट्टराईले पालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै पालिका अध्यक्ष यादवले अवकाश जिवनकाे शुभकामना दिनुभएको हाे । कार्यक्रममा बाेल्दै अध्यक्ष यादवले अबको जीवन सामाजिक क्षेत्रमा लाग्न र निजामतीबाट सिकेको अनुभवलाई समुदाय परिवर्तनका लागी खर्चिनुहुने विश्वास ब्यक्ति गर्नुभएको थियोे।

पालिकामा विकास तिव्र गतीमा बढीरहेको भन्दै अध्यक्ष यादवले नयाँ प्रमुख प्रशासकीय अधिकृत जाेशीलाई सरकारको म्याण्डेट अनुसार पालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउन निर्देशन सहित सफल कार्यकालकाे शुभकामना दिनुभएको हाे।
बिदाइ कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले छोटो समयमै पारिवारिक रुपमै सबैको सहयोगमा कार्य गर्न पाएकोमा खुसि ब्यक्त गर्दै पालिकाको बिकाशमा आफुले गर्न सक्ने योगदान गर्न अझै तत्पर रहेको बताउनुभएको थियो। उहाले पालिकाको भबिष्य यहाको जनताको हातमा रहेकोले आम जनताको सहयोग प्रति धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो।

त्यस्तै नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम जाेशिले सबैको सहयोगले नै पालिकाकाे बिकाशसंगै देश बिकाशको बाटोमा जान सकिने हुनाले पालिकाले गरेको स्वागत प्रति आभार ब्यक्त गर्नुभएको थियो। अधिकृत जाेशीले पालिका बिकाश र सेवा प्रबाहको लागि आफु सबै संग मिलेर उल्लेख्य काम गर्ने बताउनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

