Rashtriya Dainik

शुभेच्छा साकोसद्वारा नि:शुल्क आँखा शिविर सम्पन्न

संजय कुशवाहा / नवलपरासी २९ मंसिर

शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले स्थानीय अायोजना गरेको नि:शुल्क आँखा शिविर कार्यक्रम गुठी सुर्यपुरामा सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा शुभेच्छा बचत तथा ऋण सहकारीको स्थानीय अायोजना तथा डा.विनोद तथा निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा सम्पन्न भएको छ।

संस्थाको अध्यक्ष भगवन्त प्रसाद धवलको अध्यक्षता तथा प्रदेश सभा सदस्य मा. देवकरण प्रसाद कलवारको प्रमुख अाथित्यथामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले गतवर्ष झैँ यसवर्ष पनि नि:शुल्क आँखा शिविर सञ्चालन गरि ३४९ जनाले जाँच गराउँदा १५४ जनामा मोतिविन्दू भेटिएको थियोे जसको नि:शुल्क शल्यक्रिया डा.विनोद निता कडेल अाँखा अस्पताल परासीमा गराउने व्यवस्था मिलाएको छ।

सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव, ज्ञान मन्दिर आधारभूत विद्यालयका नि. प्र. अ. हरेन्द्र चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभयो । कार्यक्रम सञ्चालन शुभेच्छा साकोसका कोषाध्यक्ष श्री बलवन्त कुर्मीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित