Rashtriya Dainik

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि. काे २२ औं साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२९ मंसिर

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि. विनयी त्रिवेणी ६ नवलपुरको २२ औं साधारणसभा त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष तारादेवी अधिकारी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सहकारी संस्थाहरुले सहकारीको विकासका साथै सामाजिक विकास गर्नुपर्ने धारणा राख्दै राज्यमा आर्थिक मन्दी चुलिएको अवस्थामा पनि सहकारी संस्थाहरुले आर्थिक क्रियाकलापलाई चलायमान गराउदै आएको जिकिर गर्नुभयो।


साधारणसभामा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, संस्थाकी पुर्व अध्यक्ष रन्नता काफ्ले,सेयर सदस्यहरु बसन्ता उपाध्याय,तारादेवी भट्टराई, सञ्चारकर्मी आर.पि.उपाध्याय लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।
सो अवसरमा अध्यक्षको प्रतिवेदन अध्यक्ष पौडेलले,कोषाध्यक्षको प्रतिवेदन सचीव जानकी देवी काफ्लेले,वार्षिक प्रगती विवरण लेखा संयोजक सरस्वती तिमिल्सिना र व्यवस्थापक रम्भा सिंह ठकुरीले संस्थाको आर्थिक प्रतिवेदन तथा संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको थियो।

सो अवसरमा सेयर सदस्य मध्ये उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान सहित दोसल्ला ओढाइएको थियो भने आधा दर्जन जेष्ठ नागरिकहरुलाई पौष्टिक आहार सहित सम्मान गरिएको संस्थाकी उपाध्यक्ष निर्मला घिमिरेले जानकारी दिनुभएको छ।


साधारणसभामा कुल ६ करोड ५८ लाख ५३ हजार १ सय ३५ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो भने संस्थाले गत आर्थिक वर्षमा २८ लाख रुपैयाँ शुद्ध नाफा गरेको जानकारी गराइएको थियो।
सेयर पुजी ४९ लाख ८८ हजार रहेको थियो भने संस्थामा हाल ५८९ सेयर सदस्य रहेको संस्थाद्वारा जारी प्रतिवेदनमा उल्लेख छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित