Rashtriya Dainik

श्रोत नखुलेको ७ लाख ९ सय रकम सहित युवक पक्राउ

नवलपरासी ,२९ मंसिर

पश्चिम नवलपरासीमा प्रहरीले स्रोत नखुलेको सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका वडा नम्बर ५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँसहित पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो ।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथबाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी सात लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित