Rashtriya Dainik

आज रातिको ‘उल्का वर्षा’

काठमाडौँ ,२८ मंसिर

उल्का वर्षाको रमाइलो दृश्यसँगै आज राति नेपालका आकाश पनि उल्कै राम्रो देखिने खगोलविद्ले बताएका छन्। आकाश खुलेको छ भने आज राति नेपालको जुनसुकै ठाउँबाट सुन्दर दृश्य नियाल्न सकिने खगोलविद्ले बताएका छन्।

नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने भएकाले पनि यस तर्फ धेरैको चासो बढेको छ। नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षा अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।

अमेरिकाको अन्तरिक्ष संस्था नासाले यो उल्का वर्षाको दृश्यलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा मानेको छ। विभिन्न रङ्गमा देखिने आगोको गोलाजस्तो रङ्गीचङ्गी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा धेरैको उत्सुकता बढेको छ।

यो वर्ष मङ्सिर १८ गतेदेखि सुरु भएको मिथुन उल्का वर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले जानकारी दिए। अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सकिने उनी बताउँछन् । उल्का वर्षाको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो।

उल्का वर्षा के होरु

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरू छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित