Rashtriya Dainik

यातायात व्यवस्था कार्यालय प्रमुखकाे मिलाेमताेमा अबैधानिक काराेबार

वीरगन्ज, २८ मंसिर

यातायात व्यवस्था कार्यालयका प्रमुख कमल गौतमको मिलोमतोमा यातायात कार्यालयमा व्यापक रुपमा भ्रष्टचार
बढेको छ।

यातायात कार्यालय का प्रमुख गौतमले आफ्नो बिश्ववास पात्र सुमनको मार्फत रकम बुझि नयाँ लाईसेन्सहरु दिदै आएका छन।
यातायात कार्यालय वीरगंजमा पैसाको भरमा लाईसेन्स बनाउदै गरेको रहस्य खुलेको छ ।सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहि सित बिचौलीयाहरु मार्फत मोटो रकम लिएर लाईसेन्स दिदै आएका छन्।
यातायात कार्यालयको प्रमुख कमल राज गौतम कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको भिडियो ईडिटिङ्ग गरि ठुलो रकम लिई पास गराउने गरेको स्रोतले जनाएको छ।
यातायात कार्यालय पर्साका प्रमुख गौतमले परिचालन गरेका बिचौल्लीयाहरुले सेवाग्राहीले छिटोभन्दा छिटो लाईसेन्स दिलाईदिन्छु भनि हजारौं हजारौं रुपैया सेवाग्राहीहरु शीत उठाई गौतमलाई बुझाई नयाँ लाईसेन्स दिने गरेको स्रोतको दाबी छ।
त्यसै गरि यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको पाएको छ।यसरीनै मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्।
यातायात कार्यालय वीरगंज प्रमुख गौतमका विश्वासपात्रको रुपमा करारमा रहेका सम्भु गुरुङ थिए भने पैसाको कुरा नमिलेपछि शम्भुलाई हटाई सुमन भन्नेको जिम्मा दिएका छन।गौतमले आफ्नो विश्वासपात्र सुमनलाई मन्त्रालय देखि लिएर पत्रकार ,पुलिस सम्म मिलाउन जिम्मा दिएका छन्।
।विश्वासपात्र रहेका सुमनलाई नै बिचौल्लीयाहरुले दर्ता नम्बर लिखाई प्रति लाईसेन्सको १० हजार देखि लाखौं रुपैया सम्म लिई लाईसेन्स दिलाउने गर्छन।एक कर्मचारीको अनुसार यातायात कार्यालय प्रमुख गौतम पछि कार्यालय भित्र सुमनको आदेशनै चल्दै अाएको बताएका छन्।त्यसैगरि हाकिम साह भएपनि सुमनको ईसारामा नै कुनै किसिमको काम हुने गरेको बताएका छन्।
नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको वीरगन्जका गोबिन्द शाहले बताउँछन्। सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।
यसरीनै आईतबार भएको लिखित परिक्षा र सोमबार भएको ट्रायलको परिक्षामा अधिकान्स मान्छे फेलभएपनि बिचौल्लीयाहरु मार्फत गौतमले मोटो रकमको नजराना बुझि
पास गराएको तथ्यांक प्रमाणको लागि हामी संग सुरक्षित रहेको छ।
वीरगंजमा केही दिन पहिला यातायातका अधिकृत कमल गौतम हुदा विदेशी लाईसेन्स भएको व्यक्तिको नेपाली करण गरेको अभियोगमा विभागको कार्यबाहिमा परेका थिए
गौतमले अरु कुनै ठाऊम गएपनि पैसाको बलमा पटकपटक यातायात कार्यालय वीरगंज अाउने गरेको एक यातायात कर्मचारीले बताएका छन् ।
त्यसैगरी यातायात व्यवस्था कार्यालय वीरगंजमा लिखित र ट्रायलको प्रत्येक दिन अख्तियारको टोली आउने गर्थो तर आईतबार र सोमबार भएको परिक्षामा सो टोली नआएपछी सेवाग्राहीले उनीहरु माथि पनि प्रशन चिन्ह खडा गरेका छन।
गौतमको विश्ववासपात्र रहेका सुमनको कोठामा अहिले पनि चेकजाँ हुदा बिचौल्लिया , नेता , पत्रकारहरुले दिएको चिठहरु फेला पर्छन स्रोतको दाबी रहेको छ।

यातायात व्यवस्था कार्यालयका प्रमुख गौतमले अख्तियार संग आफ्नो सेटिङ्ग रहेको बताउदै धमाधम मोटो रकमको नजराना बुझि नयाँ लाईसेन्स दिदै आएपनि अख्तियार मौन बस्नु शंकाको बिषय बनेको छ।नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्।यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित