राष्ट्रिय दैनिक / नवलपरासी , २७ मंसिर
सहकारीले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्याएकाे सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएको छ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा अवस्थित बडहा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २५ औँ बार्षिक साधारणसभाकाे कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउनुभयो । अहिलेसम्मको लगानी र क्षेत्र उत्पादनमूलक क्षेत्रमा रहेको पाइएको र आर्थिक, समाजिक क्षेत्रमा सहकारी केन्द्रित रहेको भन्दै प्रशंसा गर्दै पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउनुभयो । बैंकले ऋण प्रवाह नगर्दा पनि सहकारीले प्रवाह गरि किसानहरुलाई कृषि गर्न,ऋण लिन बैकं धाउनुपर्ने बाध्यताले मुक्त भएका छन् । सहकारी बुढेसकालकाे सहाराकाे रुपमा स्थापित भएकाे बताउदै पालिकाबाट यश सहकारीलाई चाहिने आवश्यक सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

सहकारीका अध्यक्ष बिरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हाे।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लक्षुमण चाैधरी , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी, नेप्सकुनका नेत्र प्रसाद सापकोटा लगाएतले सहकारीको सन्दर्भमा चर्चा गर्दै शुभकामना ब्यक्त गरेको संस्थाका व्यवस्थापक रामचन्द्र राजभरलेबताउनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

