Rashtriya Dainik

बडहा दुबाैलिया आय आजर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २५औँ बार्षिक साधारणसभा सम्पन्न

उमेश बि.क / नवलपरासी , २७ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा अवस्थित बडहा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

सहकारीका अध्यक्ष बिरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हाे।

साधारणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउनुभयो । अहिलेसम्मको लगानी र क्षेत्र उत्पादनमूलक क्षेत्रमा रहेको पाइएको र आर्थिक, समाजिक क्षेत्रमा सहकारी केन्द्रित रहेको भन्दै प्रशंसा गर्दै पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउनुभयो । बैंकले ऋण प्रवाह नगर्दा पनि सहकारीले प्रवाह गरि किसानहरुलाई कृषि गर्न,ऋण लिन बैकं धाउनुपर्ने बाध्यताले मुक्त भएका छन् । सहकारी बुढेसकालकाे सहाराकाे रुपमा स्थापित भएकाे बताउदै पालिकाबाट यश सहकारीलाई चाहिने आवश्यक सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लक्षुमण चाैधरी , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी, नेप्सकुनका नेत्र प्रसाद सापकोटा लगाएतले सहकारीको सन्दर्भमा चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

सहकारीकाे १ कराेड ९० लाख ९१ हजार ४ सय शेयर पुजी रहेकाे र आ.व २०७९/०८० मा २ कराेड ४६ लाख ४६ हजार ७ सय ७८ रुपैया बराबरकाे काराेवार गरेकाेमा २८ लाख ३९ हजार १ सय ५० रुपैया शुद्ध नाफा कमाएको संस्थाका काेषाध्यक्ष रमाशंकर गुप्ताले जानकारी दिनुभयाे ।

आ.व २०८०/०८१ वार्षिक कार्यक्रम तथा बजेट संस्थाका व्यवस्थापक रामचन्द्र राजभरले प्रस्तुत गर्नुभएकाे थियाे ।

साधारणसभामा संस्थापक , असल ऋणि , असल बचत कर्ता , जेष्ठ बचतकर्ता लगाएतकाे विधामा सम्मान सहित पुरस्कार समेत प्रदान गरिएको थियो ।

२०५५ सालमा दर्ता भएको सहकारीमा १५५४ महिला र ७११ पुरुष गरि कुल २२६५ जना शेयर सदस्य रहेका छन ।

संस्थाका सह व्यवस्थापक इश्वरी राजभरकाे स्वागत मन्तब्यबाट सुरुवात भएको साधारणसभाकाे कार्यक्रम सञ्चालन शैलेस कुमार चाैधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित