Rashtriya Dainik

जिल्ला ट्राफिक कार्यालय नवलपरासीको आयोजनामा राष्ट्रिय सेवा दलका सहभागीलाई एक दिने ट्राफिक सचेतना तालिम

आरपि उपाध्याय / नवलपरासी , २७ मंसिर

जिल्ला ट्राफिक कार्यालय नवलपरासी (ब.स.पु.) को आयोजनामा नेपाली सेनाद्वारा सञ्चालित कार्यक्रममा प्रशिक्षार्थी राष्ट्रिय सेवा दलका सहभागीलाई एक दिने ट्राफिक सचेतना तालिम दिइएको छ।

कावासोती नगरपालिका वडा न.१ हात्तीखोर स्थित नेपाली सेनाको मध्य तालिम शिक्षालयमा सेनाद्वारा सञ्चालित श्री राष्ट्रिय सेवा दल सि.स. ४९ जुनियर डिभिजन तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई सडक सुरक्षा,ट्राफिक नियम पालना,सडक रेखा,ट्राफिक बत्ती, जरिवाना,कानुनी सजाय लगायत प्रशिक्षण दिइएको ट्राफिक निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभएको छ।

ट्राफिक सचेतना सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रममा सहभागीहरु ५३८ प्रशिक्षार्थी र २४ जना प्रशिक्षक गरि ५६२ जनालाई प्रशिक्षण दिइएको ट्राफिक निरीक्षक आचार्यले बताउनु भयो।
ट्राफिक सचेतनामुलक प्रशिक्षणमा सहजीकरण गर्दै ट्राफिक निरीक्षक आचार्यले सडकमा हुने दुर्घटनामा न्यूनीकरण,दुर्घटनाका कारण र रोकथामको विधि तथा सो कार्यमा स्कुले विद्यार्थीहरुको जिम्मेवारी बारे पनि प्रशिक्षण दिनुभएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित