Rashtriya Dainik

नीतिगत मुल प्रवाहिकरणका लागि पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न

राजन कुमार बानिया/ पर्सा ,२७ मंसिर

EU को आर्थिक सहयोग तथा VSO को नेतृत्वमा धोबिनी र जगरनाथपुर गाउँपालिकाद्वारा संचालित सहयात्रा परियोजना अन्तर्गत मंगलवार धोबिनी जगरनाथपुर गाउँपालिकामा नीतिगत मुल प्रवाहिकरणका लागि पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न भएको छ।धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र जगरनाथापुर का उप मेयर रेखा चौधरीको प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो धोबिनी र जगरनाथपुर गाउँपालिकामा भएको कार्यक्रममा शिक्षालाई मुलप्रवाहिकरण गर्न ,लैंगिक प्राथमिकतामा आधारित बजेट विनियोजन गर्न र अनिवार्य शिक्षा ऐन २०७५ को दफा १९ अनुसार २०८५ बैशाख १ गतेसम्म सबैले कसरी आधारभूत शिक्षा हासिल गर्न सक्छन भन्ने विषयमा सरोकारवालाहरु सँग वृहत् रुपमा छलफल गरिएको थियो।
छलफलको क्रममा सहभागीहरुले स्थानीय तहहरुले नि:शुल्क रुपमा सार्वजनिक शिक्षा प्रदान गर्नु पर्ने साथै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए। यसमा अभिभावकहरुलाई पनि उत्तिकै सचेत हुनपर्ने उनीहरूको भनाइ थियो
कार्यक्रममा JJYC का कार्यक्रम प्रबन्धक मनोज यादवले सहजिकरन गर्नु भयेको थियो र भिएसओ का देवी न्यौपाने ,प्रेरणाका संयोजक राजु लामा, JJYC का नरेश साह गाउँपालिका बाट उप मेयर मन्जु देवी, वाड अध्यक्ष अबास मिया, मनाउर अहमद, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेलि, शिक्षा शाखा प्रमुख बृजेस तिरिपाठि, पप्पु पटेल, सन्जय यादव, रबिभुसन पटेल, जितेन्द्र चौहान, केसराज प्रसाद कुर्मी, रबिन्द्र सर्मा, अजय साह, लगायत हरुको सहभागीता रहेको थियो।र कार्यक्रमको अध्यक्षता कोषाध्यक्ष सियाराम यादवले गरेका थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित