Rashtriya Dainik

विद्युत सर्ट भएपछि आगलागी हुँदा नवलपरासीको हात्तिवनमा लाखौँको क्षति

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हात्तिवन बस्ने अकरुदिन पठानकाे घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । उक्त आगलागीबाट लाखौंको क्षति पुगेको छ ।

घरमा जडान गरिएको विद्युतिय मिटर बक्समा विद्युत सर्ट भई एक्कासी घरमा आगोलागी भएपछि घर नजिकै रहेको किराना पसल , फ्रिज ,रजाइँ गद्दा जलेको छ ।

मंगलबार बिहान आगलागी हुँदा घरमा भएको किराना पसल सामाग्री ,लत्ताकप,फ्रिज ,रजाइँ गद्दा लगाएतकाे सामाग्री जलेर नष्ट भएको छ ।

आगलागी भएको जानकारी पाउने बित्तिकै स्थानीय बासिन्दा स्थल पुगेर उद्दार गरेको र विद्युत कर्मचारी आएर लाइन काटी आगाे नियन्त्रणमा लिएका हुन ।

मंगलबार बिहान ५ बजे मिटरबक्समा बिद्युत सर्ट भई आगलागी भएको स्थानीय फिराेज खाँनले बताउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित