Rashtriya Dainik

प्रतापपुरको विद्यालयहरूमा किशोरीहरूलाई रजस्वला तथा पाठेघर सम्बन्धि उपचारात्मक सेवा प्रदान

संजय कुशवाहा / नवलपरासी २६ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ ।

प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा अवस्थित जन जागृति माध्यमिक विद्यालय र सोही वडाको हरपुरमा अवस्थित मदरसा मदिनतुल ओलुमका ३ सय जना किसोरीहरूलाई रजस्वला र पाठेघर स्वास्थ्य सम्वन्धी समस्याको उपचारात्मक सेवा प्रदान गरिएको हो ।

कार्यक्रममा Lucodex ,Leucopils , Hingwastak , kaisor gugul लगायत गुठी परसौनी आयुर्वेद अौषधालले वितरण गरेको प्रतापपुर आयुवर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनुभयो ।

साे कार्यक्रमले विद्यार्थीहरुका लागि निकै लाभदायी भएको सहभागीहरुले बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित