Rashtriya Dainik

नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी , २६ मंसिर

नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यालय मध्यविन्दु १० अरुणखोलाको २६ औं वार्षिक साधारणसभा विनयी त्रिवेणी ७ को लक्ष्मीपुरमा सम्पन्न भएको छ।

संस्थाका उपाध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।


सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएकी सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले गरिबी उन्मुलन गर्न सहकारी बलियो माध्यम भएको बताउदै सहकारीले आर्थिक अनुशासन बलियो बनाउने पाठ सिकाउदै आफ्ना अग्रज अभिभावक प्रती कृतज्ञता ज्ञापन गर्दै सम्मान गर्ने असल शिक्षा दिएको धारणा राख्नुभयो।

कार्यक्रममा संस्थाको कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले संस्थाको भावी रणनीति बारे चर्चा गर्दै समुदायमा आधारित सहकारीहरुले परिणाममुखी कार्य गरेको विचार व्यक्त गर्नुभएको थियो।

साधारणसभामा सुस्ता गाउँपालिका वडा न.३ का वडाध्यक्ष हरिलाल दुषाध, विनयी त्रिवेणी गाउँपालिका ६ का वडाध्यक्ष नुरेन्द्र शाह लगायतका वक्ताहरुले ग्रामीण भेगमा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्य केन्द्रित कार्य गरेको धारणा राखेका थिए।

कार्यक्रममा उपाध्यक्ष चौधरीले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्ष कौशिल्या सापकोटाले आर्थिक प्रतिवेदन, सञ्चालक सदस्य शुभकान्त सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालक तुल्सी महत्तोले जानकारी दिनुभयो।

वार्षिक साधारणसभामा जेष्ठ नागरिक सम्मान,कार्यक्षेत्र अन्तर्गत विद्यालयका दुई दर्जन छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।


साधारणसभामा कुल २ अर्ब १७ करोडको आय व्यय प्रस्तुत गरिएको थियो भने गत आ.व. मा १० करोड ४१ लाख नाफा भएको बताइएको छ।

२०५४ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ४६ हजार सेयर सदस्य रहेका छन भने संस्थामा ९०% महिला सदस्य आबद्ध रहेको लेखा सदस्य तारादेवी भुर्तेलले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित