Rashtriya Dainik

बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् : प्रधानमन्त्री प्रचण्ड

उमेश बि.क / नवलपरासी , २६ मंसिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना नहुने बताउनु भएको छ।

पश्चिम नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको हाे। वहाँले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको हाे। स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताउनुभयो । रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रामग्राम स्तुप क्षेत्रको महत्वको चर्चा गर्नुभएको थियो ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।


TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित