Rashtriya Dainik

बिहान उठ्ने बितिकै बासी मुखमा पानी पिउनुको फाइदा,थाहा पाउनुहोस् !

बिहान बासी मुखमा पानी पिउनुको फाइदा:-

बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अंगहरु ज्यादा सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्दछ । साथै बासी मुखमा पानी पिउँदा शरीरभित्रका बिकारहरुको पनि सफा हुने काम हुन्छ । पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्धत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मददत गर्दछ । सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरुलाई फाइदा पुग्दछ ।

यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हर्ट अट्याक बाट पनि जोगाउँदछ । नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउनुस जसले हाइ ब्लडप्रेसर लाइ कन्ट्रोल गर्न मद्दत गर्दछ । साँझको खानाभन्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिनेहुनाले धेरै खानाको जरुरत पर्दैन जसले तपाइलाइ शरीर मोटाउनबाट जोगाउद छ । तपाइ जुन स्थानमा भएपनि तपाइ यदि तनावमा पर्नु भयो भने तत्काल १ गिलास पानी पिउनुहोस यसले तपाइको दिमागलाई शान्त राख्न मद्दत गर्दछ र तपाइको तनाव पनि कम हुन्छ । मित्रहरु पानी पिउने नियमलाई यदि तपाइ पनि सुधार गर्नु हुन्छ भने यसबाट हुने फाइदा तपाइलाइ पनि मिल्न थाल्दछ । जसले गर्दा तपाइ आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याहरुलाई समाधान गर्न सक्नु हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित