नवलपरासी , २५ मंसिर
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा आइतबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।
समापन कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले कसैको हत्या गर्नु, मार्नु वा पिट्नु मात्र हिंसा नभएको भन्दै कसैलाई बोलि वा बचनले पिडा दिइन्छ भने त्यो पनि हिंसा भएको बताउनु भयो । मन्त्री पाण्डेले समाजको सुधार सकारात्मक सोंचका साथ गर्न सकिने बताउनु भएकोछ । उहाँले गाउँपालिकाको शिक्षा, स्वास्थ्य वा सामाजिक विकास कोही अरु आएर गरिदिने नभई आफैले गर्नु पर्नेमा जोड दिनु भयो ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षतामा भएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सञ्चालन गरिएका विभिन्न रचनात्मक कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा अध्यक्ष गुप्ताले पाल्हीनन्दनलाई लैङ्गिक हिंसामुक्त पालिका बनाउन आफूहरु सधै सकारात्मक भएको बताउनु भयो । उहाँले पालिकाभित्र समाज परिचालनमा वहुसरोकारवाला संघसंस्थाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सधै हातेमालो गरेर काम गर्नु पर्ने बताउनु भयो ।

समापन कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, सुनवल सामुदायिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष जयराम वश्याल लगायतले बोन्दै हिंसामुक्त समाज भएमा मात्र समाजको दिगोविकास सम्भव भएको बताउनु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

