राष्ट्रिय दैनिक / नवलपरासी ,२५ मंसिर
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू पहिचानको पक्षमा समर्पित हुने बताउनुभएको छ ।
विगतदेखि नै राज्यका शासकहरूले थारु समुदायका भाषा, संस्कृति र पहिचानलाई समेट्न नसकेको उहाँले बताउनुभयो । राज्यले आफूहरूलाई नागरिकता बाहेक केही नदिएको चौधरीको भनाइ छ । नागरिक उन्मुक्ति पार्टी पश्चिम् नवलपरासीले आइतबार बर्दघाटको चौपत्तामा आयोजना गरेको आमसभामा चौधरीले थारुको इतिहास र विरासत संरक्षणका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउनुभयो ।
राज्यको शिक्षा नीति विभेदकारी भएको उल्लेख गर्दै नेता चौधरीले यहाँको माटो सुहाउँदो, संस्कृति सुहाउँदो समावेशिता रहनुपर्नेमा जोड दिनुभयो । उहाँले थारु समुदाय देशको असल भुमिपुत्र भएको भन्दै राज्यसँग जङ्गे पिल्लर नहुँदा आफ्ना पुर्खाहरूले सालका रुखका ठुटा गाडेर सीमाको रक्षा गरेको दाबी गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

