Rashtriya Dainik

९ औं दिनमा ६६० करोड कमाउने एक मात्र फिल्म बन्यो ‘एनिमल’

काठमाडौँ, २४ मंसिर

रणवीर कपूर र रश्मिका मन्दना स्टार फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्मले अहिलेसम्म विश्वभर ६६०.८९ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ।

फिल्म रिलिजको ९ औं दिन शनिवार फिल्मले विश्वभर ६६०.२२ करोड कमाएको छ, जुन आफैमा कीर्तिमान हो। ९ औं दिनमा विश्वभर यति ठूलो कलेक्सन गर्ने एनिमल पहिलो भारतीय फिल्म हो।

एनिमल २०२३ को चौथो सर्वाधिक कमाउने फिल्म पनि बनेको छ।

त्यस्तै फिल्म एनिमल अभिनेता रणवीर कपूरको सबैभन्दा हिट फिल्म बनेको छ। रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन्। जसमध्ये ११ फिल्म फ्लप भएका छन् भने ९ फिल्म हिट भएका छन्।

रणवीर कपूर, रश्मिका मन्दना, अनिल कपुर मुख्य भूमिकामा देखाइएको बलिउड चलचित्र एनिमलमा बबी देओल पहिलो पटक भिलेनको भूमिका उत्रिएका छन्। यस बाहेक शक्ति कपुर, तृप्ति डमिरी, सुरेश ओबराय, प्रेम चोपडा, उपेन्द्र लिमय चलचित्रका पात्रको रूपमा रहेका छन्।

अनिल रणवीरको बुवाको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएकी छन्। धनाढ्य बुवा अनिल कपुरको माया प्राप्तिका लागि रणवीर कपुर पूरा फिल्मभर तड्पिरहेका हुन्छन्। बुवा अनिल कपुरमाथि ज्यान लिने हमलापछि त रणवीर पूर्ण रूपमा पागल नै हुन्छन्। बुवाको हत्या प्रयास गर्नेलाई समाप्त गर्ने कसम नै खान्छन्। यो काम उनी गर्न सक्छन् कि सक्दैनन्। चलचित्रको मुख्य कथा यही नै रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित