उमेश बि.क / नवलपरासी ,२४ मंसिर
यहि मंसिर ९ गतेबाट देशभर शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान आइतबार सकिएको छ । जस अन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पनि अभियान सम्पन्न गरेको छ ।
सरावल गाउँपालिकाले पाँच सय बढीको संख्यामा सरावल ४ गाेबरहियाबाट सुरु भएको र्यालि सरावल गाउँपालिका आई सम्पन्न भएको हाे।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विशेष र्यालि सहित एक कार्यक्रम गरी समापन गरिएको हो ।
सरावल गाउँपालिका स्तरीय महिला सन्जालकाे अध्यक्ष भिमकला भट्टराईकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता एवं उपाध्यक्ष बासमति हरिजनकाे विशेष आतिथ्यतामा कार्यक्रम भएको हाे।
१६ दिने अभियानकाे समापन कार्यक्रम सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले यो अभियान निकै राम्रो ढंगबाट सफल भएको बताउनुभयो । समाजको सकारात्मक रुपान्तरणको लागि पालिका लागि परेको भन्दै वहाँले एकै चोटी ठुलो परिवर्तन नहुने धारणा राख्नुभएको थियो । महिलाहरुले क्षमता बिकास नगरेसम्म हिंसा न्युनीकरण नहुने भन्दै समाजको सकारात्मक परिवर्तनका लागि सधै तयार रहेको र समुदाय स्तरबाट पनि यसको प्रयास गरिनुपर्ने धारणा राख्नुभएको थियो । समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरूको न्यूनीकरणमा विभिन्न सङ्घ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबैको सहयोग आवश्यक रहने समेत बताउनुभयो । यस्ता दिवसको प्रभावले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न सक्ने भएको बताउनुभयो । लैंगिक रुपमा चाहे त्यो पुरुष होस् या महिला जो कसैलाई हुनुहुँदैन भन्ने बताउनुभयो । पुरुषको तुलनामा महिला नै बढि घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको वहाँले उल्लेख गर्नुभयो । तर अब भने महिला चुलो चौकोमा मात्रै सिमित नरहेर शिक्षित भएर सरकारको हरेक तह तप्का सम्म पुगेर देश र समाजका लागि योगदान पुयाउन जरुरी रहेको समेत पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।समाजको सकारात्मक रुपान्तरणको लागि पालिका लागि परेको बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष बासमति हरिजनले लैंगिक हिंसा न्युनिकरणको लागि समाजमा सवै क्षेत्रको प्रतिवद्धता रहनु पर्ने बताउनु भयो । महिला प्रतिको सम्मान नै समाजको सम्मान हो भन्ने चेतनालाई गाउँ समाजमा जागरण गराउनु पर्ने आवस्यकता भएको उहाँको भनाई रहेको थियो । महिला हिंसाका घटनाहरुको न्युनिकरणका लागि महिलाहरुले आफ्नो क्षमतामा अभिवृद्धि गर्नु पर्ने बताउदै आफ्नो सीप ज्ञान अनुसारको काम गर्दै अगाडी वढेमा कोही कसैवाट हिंसा हुने कुरामा कमि आउने उहाँको भनाई रहेको थियो । हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औंल्याउंदै हिंसा अन्तयको अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरणमा सरकार सफल हुने बताउनुभयो ।

त्यस्तै सरावल वडा नम्बर १ का वडा अध्यक्ष विष्णु भट्टराईले अभियानबाट हिंसाका प्रकृती तथा स्वरुपहरुका बारेमा स्थानीयहरु जानकार भएको र कार्यक्रमले आपसी सदभाव कायम गरेको बताउनुभयो ।
त्यस्तै एबिसि नेपालकाे क्षेत्रीय प्रमुख मनाेज लामिछानेले अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि सरकार, संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी जिल्ला अध्यक्ष राजेन्द्र अग्रहरी,असल छिमेकी नेपाल पुरन साेति मगर लगाएतले हिंसा न्यूनिकरणका लागि चेतनाको आवश्यकता बताउदै हिंसा मुक्त समाज निर्माणका लागि विद्यालयहरुकाे पाठ्यक्रममै समावेश गरेर विद्यार्थीहरुलाई त्यसका बारेमा जानकारी दिन आवश्यक रहेको धारणा राखेका थिए।
सरावल गाउँपालिकाको आयोजना तथा एबिसि नेपाल , बेस नेपाल , असल छिमेकी , नेपाल रेडक्रस साेसाईटी CCBH , सरावल गाउँपालिका स्तरीय महिला सन्जालकाे समन्वय सहकार्यमा पालिकाका ७ वटै वडाहरुमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गरिएको अध्यक्षकाे स्वकीय सचिव सन्जय माैर्यले जानकारी दिनुभएको हाे।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी नवलपरासीले लैङ्गिक हिंसा विरुद्ध नाटक मन्चन समेत गरेको थियो ।
महिला बालबालिका शाखा प्रमुख खेम खनालकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन पालिका अध्यक्ष चाैधरीकाे स्वकीय सचिव सन्जय माैर्यले सन्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

