Rashtriya Dainik

बर्दघाट जेसीज वर्ष २०२४ को अध्यक्षमा युवराज चापागाई निर्वाचित

नवलपरासी ,२४ मंसिर

बर्दघाट जेसीज वर्ष २०२४ को अध्यक्षमा युवराज चापागाई निर्वाचित भएका छन् । शनिवार बर्दघाटमा सम्पन्न चौथो शाखा अधिवेशनबाट चापागाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै गरी कार्यकारिणी उपाध्यक्षमा रविन शर्मा चापागाई र नारायण भण्डारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा क्रमशः गणेश भट्टराई, विशाल गिरी, भुपाल शर्मा र महेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै कानुनी सल्लाहकारमा मोहन सापकोटा, महासचिवमा नारायण पाण्डे र कोषाध्यक्षमा केदार चौधरी मनोनित भएका छन् । साथै प्रकरण निर्देशकमा खुमाकान्त न्यौपाने र मिडिया निर्देशकमा बिष्णु खनाल मनोनित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष चापागाईले आफ्नो कार्यकालमा बर्दघाट जेसीजको विधि र विधान भित्र रहेर संस्थाको कामलाई अगाडि बढाउने बताएका छन् । नेपाल जेसीजभित्र रहेर गर्नु पर्ने धेरै काम रहेको र यसलाई सम्पुर्ण पदाधिकारीको साथ लिएर व्यक्तित्व र नेतृत्व विकासमा सदैब तत्पर रहने कुरा नवनिर्वाचित अध्यक्षले जनाए । युवाहरूको नेतृत्व र व्यक्तित्व विकासको लागि बर्दघाट जेसिजले वर्ष २०२४ मा विभिन्न तालिम र कार्यक्रमको आयोजना गर्ने योजना पहिलो प्राथमिकतामा राखेको र परिबर्तनको महशुस हुने गरी कार्य गर्ने नवनिर्वाचित अध्यक्ष चापागाईले बताए ।

अध्यक्षमा निर्वाचित भएका चापागाई बर्दघाट जेसिज वर्ष २०२३ का महासचिव रहेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित