काठमाडौं । संगित अनुसन्धान तथा विकास मञ्च नेपाल (Mrdf Nepal ) ले निःशुल्क रुपमा संगित सिकाउँदै आइरहेको छ ।
यसै क्रममा शनिबार अध्यक्ष सुनारले काठमाडाैंको बालमन्दिर स्थित संगीत प्रशिक्षण भइरहेकाे स्थानको अवलोकन गरेका छन् ।
बालमन्दिरमा बिगत ६ महिना देखि संगीत कक्षा निरन्तर चलिरहेको कुरा पनि जानकारी गरायका छन् नेपाली मौलिक गीत संगीतको जर्गेना, संरक्षण, खोज, अनुसन्धानका साथै प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले विभिन्न अनाथ आश्रममा रहेका बाललिकाहरु, बृद्वा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई निःशुल्क रुपमा संगित सिकाई रहेको सो संस्थाका अध्यक्ष ओम सुनारले जानकारी दिए । विशुद्ध मानवीय सामाजिक सेवाभावले सहयोग गर्दै आएको यस संगित अनुसन्धान तथा विकास मञ्च नेपाल वि.सं. २०६५ सालमा स्थापना भएको हो ।
यस संस्थाको ध्येय नेपाली संगीत अनुसन्धान गर्ने लगायत तालिम मार्फत विभिन्न सांगितिकको ज्ञान दिने कार्य गर्दै आएको छ ।
देशविदेशीमा रहेका दाताहरुले अनार्थ बालबालिका, बृद्धबृद्धाहरुलाई गीत, संगीत सिक्नका लागि चाहिने सामाग्रीहरु गितार, हाम्रोनियम, बाँसुरी, सांरगी, मादल तबला जस्ता सामाग्री देश बिदेशमा रहनु भएका सहयोगी दाताहरुले सहयोग गरिरहनु भएको र आगामी दिनमा पनि सहयोग गर्न समेत सस्थाका अध्यक्षले अनुरोध गरेका छन् । यो सस्थाबारे थप जानकारी लिनका लागि mrdfnepal.com वेभ साइटमा गएर थप जानकारी लिन सकिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

