Rashtriya Dainik

बालअधिकार र बालपोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम पर्वतको बर्राचरमा सम्पन्न ।

अमृत भट्टराई / विहादी,पर्वत । 

”बालमैत्री र पोषणमैत्री स्थानीय तह प्रबर्द्धन गरौँ , बालबालिकामा लगानी गरौँ  भने मुल नाराका साथ  पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा बालअधिकार र बालपोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पर्वतको विहादी गाउँपालिकाको समन्वय र JCYCN, KANALLAN को आर्थिक तथा प्राविधिक सहयोगमा २०८०/०८/०२ देखि ०६ गते सम्म पोखरामा विहादी गाउँपालिकाका सरोकारवालाहरुको लागि बाल अधिकार र बाल पोषण सम्बन्धि ५ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको थियो उक्त कार्यक्रम सम्पन्न भएर विहादी आएपछि मंसिर २३ गते शनिबार  बिहादी गाउँपालिका वडा नम्बर  – २, बराचौरमा  विद्यालय तथा समुदाय स्तरमा बाल अधिकार तथा बाल पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउँपालिका वडा नम्बर  – २, बराचौरका वडा अध्यक्ष गणेश शर्मा पौडेल रहनुभएको कार्यक्रममा  वडा सदस्य ज्ञानु गिरी , कृष्न पुरी  विभिन्न समुहका प्रतिनिधि ,विद्यार्थी  स्थानीय  लगाएको उपस्थिति रहेको कार्यक्रम बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरको वडा कार्यलयमा भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन  तथा बालपोषन सम्बन्धी प्रशिक्षण आम्बारी माविकी प्रधानअध्यापक कमला न्यौपाने पौडेलले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बाल अधिकार सम्बन्धि जानकारी र बालबालिकाका लागि स्थानीय गर्ने पर्ने काम लगाएका बारेमा बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिनुभएको थियो भने कार्यक्रममा शुभकामना दिदै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश शर्मा पौडेलले समग्र कार्यक्रम को उदेश्य र निर्णय कार्यान्वयनको बाचा सहित बालबालिका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित