आरपि उपाध्याय / नवलपरासी ,२४ मंसिर
त्रिवेणी गजेन्द्र माेक्ष दिब्यधाम क्षेत्र विकाश समिती विनयी त्रिवेणी ६ पुर्वी नवलपरासीको आयोजनामा वार्षिक समिक्षा बैंठक एव बृहत् अन्तर्कृया कार्यक्रम त्रिवेणी धाममा आइतबार सम्पन्न भएको छ ।
गजेन्द्र माेक्ष दिब्यधाम क्षेत्र विकास समितीका अध्यक्ष एवं करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
सो अवसरमा विनयी त्रिवेणी गाउपालिका वार्ड न ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले गण्डकी प्रदेश सरकारबाट २०७८ सालमा गठन गरिएको क्षेत्र विकास समितीको माध्यमबाट विनयी त्रिवेणी गाउपालिका वार्ड न ६ र ७ लाई प्राथमिकताको आधारमा विकास गर्दै लैजान सकिने धारणा राख्दै विकास निर्माण कार्यमा सबैको सामुहिक ऎक्यवद्धता हुनु पर्ने विचार ब्यक्त गर्नु भयो ।
समिक्षा एवं अन्तर्कृर्या कार्यक्रममा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक भुपेन्द्रेश्वर भुसालले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै प्राप्त अनुदान रकमको आय व्यय विवरण प्रस्तुत गर्न्नु भएको थियो ।

समिक्षा एवं अन्तर्कृया कार्यक्रममा प्राविधिक बिक्रम पौडेल इलाका प्रहरी कार्यलय त्रिवेणीका सब इन्स्पेक्टर इन्द्र प्रसाद रेग्मी,हर्वेन्द्र कुमार कार्की , तारा बहादुर थापा, कोहार मन्दिर त्रिवेणीका अध्यक्ष शिव प्रसाद गौड, नेपाली काङ्ग्रेसका विर बहादुर ठकुरी , समिती सदस्य बिध्या सिह ठकुरी लगायतले विनयी त्रिवेणी ६ र ७ मा क्षेत्र विकास समितीले खेलेको भुमिका र गुरु योजनामा समावेश गर्नु पर्ने भाबी योजना बारे जिज्ञासा राख्नु भएको आयोजकले जानकारी दिएका छन ।
सो अवसरमा क्षेत्र विकास समितीले आ. व. 0७९/८० मा भएको प्रगती विवरण बारे पनि जानकारी गराइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

