राष्ट्रिय दैनिक / नवलपरासी ,२३ मंसिर
पश्चिम नवलपरासीको सुनवल २ बत्राैलिमा नवलपरासी युवा सम्मेलन सम्पन्न भएको छ।
प्रदेश युवा परिषद्को आयोजना, लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा सञ्जालको सह-आयोजना तथा स्ट्रोम फाउन्डेसन र ए.वि.सि. नेपालको समन्वयमा नवलपरासी युवा सम्मेलन सम्पन्न गरिएकाे हाे।

लुम्बिनी प्रदेश, प्रदेश युवा परिषद्काे कार्यकारी उपाध्यक्ष गोबिन्द ब. खंत्रीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे मन्त्री चन्द्रकेश गुप्ताकाे प्रमुख आतिथ्यतामा भएको सम्मेलन उदघाटन गर्दै मन्त्री गुप्ताले गलत क्रियाकलापकाे विरुद्ध आवाज उठाउने सबै युवा रहेको बताउनुभयो। देश बनाउने र देश जाेगाउने युवाकाे हातमा छ । युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ।युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’ मानिन्छ । नेपालकाे विभिन्न आन्दोलन र परिवर्तनमा युवाकाे महत्त्वपूर्ण हात रहेकोले अब युवाहरु वैदेशिक राेजगार जानुभन्दा आफ्नै देशमा रहेर उद्यमी बनी आत्मनिर्भर बन्न अनुरोध गर्नुभयो । उद्यमी युवाको लागि प्रदेश सरकार सहयोग साथ दिन अग्रसर रहने बताउदै सबै युवा आफ्नो र आफ्नो परिवारका लागि उद्यमी बनी अर्थतन्त्र परिवर्तन गर्न सुझाव समेत दिनुभएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले युवाहरु वैदेशिक राेजगारमा जानेक्रम बढ्दो छ यश सन्दर्भमा नेताहरु एक आवसमा दाेषाराेपण गर्ने काम मात्र गरिरहेका छन ।अधिकारकाे लागि स्वयं आफै अगाडि बढ्नुपर्ने भएकोले युवाहरु देशमै मेहनत गरि अगाडि बढ्नुपर्ने बताउनुभयो । बेरोजगार युवाहरूको लगत संकलन गरेर राेजगार सृजना गर्न स्थानीय तहदेखि सबै लाग्नुपर्छ । प्रत्येक जिल्लामा टेक्निकल कलेज र प्राविधिक शिक्षालय हुनुपर्ने तर नभएको अवस्था छ तसर्थ मन्त्री ज्युले यश सन्दर्भमा साेच्नुपर्ने बताउदै नवलपरासीमा टेक्निकल कलेज र प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय , उपाध्यक्ष गिता चाैधरी , प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरी , पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी ,उद्योग बाणिज्य संघ नवलपरासीकाे उपाध्यक्ष राजेश गुप्ता , उद्योग बाणिज्य संघ सुनवलकाे अध्यक्ष रमेश कर्माचार्य ,एबिसि नेपालकाे क्षेत्रीय प्रमुख मनाेज लामिछाने , लुम्बिनी प्रदेश स्तरीय किशोर किशोरी तथा युवा सन्जालका अध्यक्ष आरिफ अलि खाँ लगाएतले भविष्यको कुरा गर्ने वर्ग नै युवा भएको बताउदै युवाहरुलाई रचनात्मक कसरी बनाउने भन्ने नै अहिलेको चुनौती रहेको औल्याउनु भएको थियो ।
युवा सम्मेलनमा पश्चिम नवलपरासीको साताैँ स्थानीय तहबाट सयभन्दा बढी किशोर किशोरी एवं युवाहरूको सहभागीता रहेको थियो ।

प्यानल डिसकस्न मेडियटर अबिस्कार पराजुलि , ceo tuna टेक्नोलोजिका राजिव गाैतम, नेशनल प्याथ ल्याव डाईरेक्टर प्रकाश न्याैपाने, महिला उधमि प्रभा ज्ञवाली लगाएतले गर्नुभएको थियो ।
सरोज खनालकाे स्वागत मन्तब्यबाट सुरुवात भएको सम्मेलनकाे कार्यक्रम आयुषा कण्डेल सन्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

