निजि क्षेत्र चलायमान हुनुपर्छ : मुख्यमन्त्रि चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी , २१ मंसिर

लुम्विनी प्रदेशका मुख्यमन्त्रि माननिय डिल्ली बहादुर चौधरीले निजि क्षेत्र चलायमान हुनुपर्ने बताउनुभयो । पश्चिम नवलपरासीको सुनवलमा आज देखी सुरुवात भएको तेस्रो सुनवल महोत्सवलाई सम्बाेधन गर्दै मुख्यमन्त्रि चौधरीले जब सम्म निजी क्षेत्र चालयामान हुदैन तब सम्म आर्थिक चलायमान नहुने र रोजगारीको सिर्जना पनि नहुने भन्दै निजि क्षेत्रको महत्व लुम्विनी प्रदेश सरकारले राम्रो सँग वुझेको बताउनुभयो ।

पश्चिम नवलपरासीको सुनवलमा आज देखी तेस्रो सुनवल महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सँघ सुनवलको आयोजनामा सुरु भएको महोत्सवको आज विहिवार लुम्विनी प्रदेशका मुख्यमन्त्रि माननिय डिल्ली बहादुर चौधरीले समुद्घाटन गर्नुभएको हाे ।

महोत्वस उद्घाटनमा लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेत, वैजनाथ जैसवाल, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, सुनवल नगरपालिका नगर प्रमुख विमला अर्याल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उद्योग वाणिज्यसंघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न राजनैतिक दल,संघसंस्था,कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मेला समुद्घाटन पुर्व सुनवल चौराहा सि गेटबाट विभिन्न संघसंस्था,आदिवासी जनजाति संगठन,आमा महिला समुह, विद्यालयको र्यालि,झाकि,प्रर्दशनी, नाचगान सहित मेला स्थल सम्म प्रभातफेरी गरीएको थियो ।

मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य प्रवेशद्धार महल पोखरीको मन्दिर र दायावाया कृष्ण मन्दिर र बर्दगोरियाको प्रतिमा बनाइनुका साथै गुरुङ,मगर तथा थारु समुदायको परम्पराग घर,तथा खानाको परीकार,कृषि,विज्ञान प्रदर्शनी र टिकटक जोन ,होटल तथा व्यापारका स्टलहरु रहेका छन् ।

महोत्सवमा लघु उद्दमी , स्थानीय उत्पादन, कृषि, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी १ सय ५० वटा स्टलहरु रहनेछन ।

कृषि, उद्योग, व्यापार , कला र संस्कृति समग्र सुनवलको उन्नती भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव आगामी पुस ४ गते सम्म सन्चालन हुने छ । महोत्सवको दोस्रो दिन भोलि गायिका शान्तिश्रि परियार, गायिका सम्झना रणपाल, गायक भुपराज न्यौपाने, गायक बसन्त लम्साल लगायत स्थानीय कलाकारको विशेष प्रस्तुती रहने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!