सरावलमा माघ १७ गतेदेखि श्री श्री १०८ शतचण्डी महायज्ञ हुने

उमेश बि.क / नवलपरासी , २१ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ सरावलमा श्री श्री १०८ शतचण्डी महायज्ञ हुने भएको छ ।

सरावल गाउँबासिको संयुक्त आयोजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् शिव पार्बति मन्दिर निर्माणका लागि महायज्ञ सन्चालन हुने भएको छ।

महायज्ञ माघ १७ गतेदेखि २५ गतेसम्म सन्चालन हुने महायज्ञ सन्चालन मुल समितिका अध्यक्ष महेन्द्र चाैधरीले जानकारी दिनुभएको छ ।

माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना, प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन, प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला, प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ, प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला, यज्ञ समापन माघ २५ गते हुने चाैधरीले जानकारी दिनुभएको छ ।

अचार्य जि बिनोद त्रिपाठीले प्रवचन गर्ने यज्ञ सन्चालन समितिले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!