सरावलमा बालीका कुटेकाे घटनाप्रति गाउँपालिकाकाे ध्यानाकर्षण , शिक्षक प्रहरी नियन्त्रणमा

उमेश बि.क / नवलपरासी ,२० मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेकाे घट्नाप्रति गाउँपालिकाकाे ध्यानाकर्षण भएको छ ।

सरावल गाउँपालिका वडा नम्बर ७ बरगदवा स्थित बर्दघाट कालिका इङ्गलिस बाेर्डिङ स्कुलकामा शिक्षक निरन्जन यादवले कक्षा १ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी कन्चना राजभरलाई साेमवार कक्षा कोठामा कुटपिट गरेको घट्ना बाहिर आउनसाथ गाउँपालिकाले स्थलगत निरिक्षण गरेको हाे।

सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा , शिक्षाशाखा प्राविधिक सहायक प्रेम बहादुर थापा , शिक्षा समिति सदस्य देवनारायण चाैधरी ,शिक्षा समिति सदस्य बिष्णु चाैधरी , वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनिया लगाएतकाे टाेलिले विद्यालय अनुगमन गरेका हुन।

पालिका टाेलि विद्यालय अनुगमनका साथै पिडित राभरकाे घर गई अवस्था बुझि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय परासी समन्वय गरि शिक्षकलाई नियन्त्रणमा लिई कार्वाहीका लागि समन्वय गरेका हुन ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीका अनुसार पालिकाले विद्यालयलाई ३ दिनभित्र स्पष्टीकरण मागेको छ ।

शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । उक्त विद्यालयका सहायक प्रिन्सिपल समेत रहेका यादवलाई आज बिहान उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धि कसुरमा मुद्धा दायर गरी अनुसन्धान सुरु गरेको छ ।

बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषि ठहर भएमा एक वर्ष सम्म कैद र ५० हजार जरिवानाको व्यवस्था रहेको छ । कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले पलास्टिकको पाईपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेका थिए ।

कुटपिट बाट बालिकाको शरिरमा रातो डाम(धब्बा) बसेको छ । सोमबार बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले आफ्नै मोटरसाईकलमा बसाएर विद्यालय ल्याई पाईपले कोठा थुनेर कुटपिट गरेको अभिभावकले बताएका छन् ।

हाल पालिका , वडा र स्थानियको पहलमा विद्यालयमा तालाबन्दी गरिएको छ । यो घटनाको सर्वत्र विरोध भईरहेको छ । सरोकारवालाहरुले दोषिमाथि कडा कारवाहीको माग गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!