लागु औषध सहित एक जना पक्राउ

संजय कुशवाहा / नवलपरासी २० मंसिर

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ स्थित केरवानीको भित्रि सडकमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लोहरौली बस्ने वर्ष २१ को सागर गुप्ता रहेका हुन ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सेनाको कमाण्डमा खटिएको प्रहरी टोलिले नियमित चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ६४ प ३७८७ नम्बरको मोटरसाईकलमा ३ जना सवार रहेका मध्य २ जना फरार भएपछि मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित गुप्तालाई पक्राउ गरिएको हो ।

गुप्ताले चढेको मोटरसाईलमा कालो रङ्ग झोलामा बोकेको लागुऔषध डाइजपा १९८ एम्पुल ,फेनारागन १९८ एम्पुल, नुफीन १९६ एम्पुल , हिरोईन जस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध कारोबारमा संलग्न र फरार भएका दुईजनालाई खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताउनुभयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!